Logo
८ बैशाख २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङमा शान्तिपूर्ण मतदान : पिँठ्युमा बाेकेरै मतदान केन्द्रसम्म 

सन्तोष अधिकारी, धादिङ :  आइतबार पहिलोचरणको निर्वाचन अन्तरगत धादिङमा शान्तिपूर्ण रुपमा मतदान भएपनि त्यहाँ देखिउका केहि तस्विरहरुले लोकतन्त्र प्रतिको आस्थालाई निकै राम्रोसंग झल्काएको छ । प्राय दुर्गमा क्षेत्र अन्तरगतको मतदान स्थलमा अधिकांस मतदाताहरुले निकै कडा परिश्रम गरेर आइ मतदान गरिरहेको देखिन्थे ।

धादिङमा १ सय ९ मतदान स्थल र २ सय ७५ मतदान केन्द्र छ । जिल्लामा २ लाख ३३ हजार ४ सय ७५ मतदाता छन् । दिउसो २ बजेसम्ममा करिब ४० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिँड्न नसक्ने अवस्थाका बृद्धबृद्धालाई दलका कार्यकर्ताले बोकेर पनि मतदान केन्द्रसम्म पुर्‍याएका छन् ।

१० दिनको कृयापुत्रीले पनि सेतो पहिरनमै गएर मतदान गरेका छन् । उत्तरी धादिङको दुर्गममा पर्ने खनियाबास गाउँपालिकाको बेन्दीदेवी निमावि, रुवीम्याली गाउँपालिकाको दोङ्देनदेवी माविको मतदान केन्द्रमा भने दिउसो १२ बजेपछि मात्रै मतदान सुरु भएको जिल्ला निर्वाचक कार्यलय धादिङका प्रमुख इश्वर सिंखडाले जानकारी दिएका छन् ।

हिँड्न नसक्ने अवस्थाका बृद्धबृद्धालाई दलका कार्यकर्ताले बोकेर पनि मतदान केन्द्रसम्म पुर्‍याएका छन् । १० दिनको कृयापुत्रीले पनि सेतो पहिरनमै गएर मतदान गरेका छन् । धुनीवेशी नगरपालिका– ५ अमिलीचौरमा मतदान केन्द्र र गजुरी गाउँपालिका– ४ राक्सिङ कैन्द्र जाने बाटोमा मतदातालाइ त्रसित बनाउन बम राखिए पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि उत्साहपूर्वक मतदान भइरहेको छ ।

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्