Logo
१२ बैशाख २०८१, बुधबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र ६६ मत खसेर गोरखाको साम्दोमा मतदान सकियो

गोरखा : ७७ जना मतदाता रहेको साम्दो आधारभूत मतदान केन्द्रमा मतदान सकिएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान केन्द्रमा ६६ मत खसेको मतदान अधिकृत वडा सदस्य निमा दोर्जे लामाले जानकारी दिए । गोरखाको अन्तिम गाउँ साम्दो केन्द्रमा चिसोका कारण ढिलो मतदान सुरु भएको थियो ।

बौद्ध हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानमा सहभागी हुदैछन्। सो केन्द्र चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको छ । नाम्रुङगुम्बा मतदानकेन्द्रमा जम्मा ७९ मतदाता रहेका छन् । प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ । त्यस्तै प्रोककै क्वाक गुम्बा मतदानकेन्द्रमा ९१ जना मतदाता रहेका छन् । हिमालचुली आधारभूत विद्यालय छाक मतदानकेन्द्रमा १०२ जना मतदाता रहेका छन् ।

१० मतदाता अनुपस्थित रहेका उनले बताए। कोही निधन भएका र कोही गाउँ बाहिर गएका कारण उनीहरुको भोट नखसेको उनले बताए । मतदान सकिए पनि पाँच बजेसम्म मतदान केन्द्र कुरेर बस्नु पर्ने मतदान अधिकृत जीतबहादुर अधिकारीको भनाइ उद्धृत गर्दै लामाले जानकारी दिए ।

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्