Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब हामी नै लोकतान्त्रिक शक्ति हौँ, कांग्रेस त लुटतान्त्रिक शक्ति भइसक्यो : ओली

झापा : एमाले अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धलाई ‘लुटतान्त्रिक गठबन्धन’ गठबन्धनको संज्ञा दिएका छन् । उनले भने, ‘ हामी नै लोकतान्त्रिक शक्ति हौँ, कांग्रेस पनि लोकतान्त्रिक शक्ति हुन सक्छ काहीँ ? कांग्रेसको गठबन्धन लुटतान्त्रिक गठबन्धन हो ।’

शनिबार बिहान झापा क्षेत्र नम्बर १ मा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले वामपन्थी भनेकै लोकतान्त्रिक शक्रि भएको समेत दाबी गरे । ओलीले वाम गठबन्धनबाट कांग्रेस आत्तिएको बताउँदै उसलाई चटके कुरा गर्ने बानी परेको टिप्पणी गरे ।

अब मुलुकको नेतृत्व वामवन्थी शक्तिले लिने दाबी गर्दै ओलीले क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र कार्कीलाई भोट दिएर विजयी गराउन आग्रह गरे । उनले झापामा वाम गठबन्धनले हार्न नसुहाउने समेत बताए । ओली समेत झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्