Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षमान चढेको गाडीमा माइन बिस्फोट : सामान्य क्षति, सबै नेताहरु सकुशल

रोल्पा :  माओवादी नेता वर्षमान पुन चढेको गाडीमा रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माइन बिस्फोट भएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको २४ घण्टा हुन नपाउँदै रोल्पामा अर्का उम्मेदवारमाथि आक्रमणको प्रयास भएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको बताइएको छ । विस्फोट भएपनि पुनलगायतका कार्यकर्ता सबै सुरक्षित रहेका छन् । गाडीमा भने सामान्य क्षति पुगेको बताइएको छ ।

विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बतायो ।  माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको रोल्पाका उम्मदेवार वर्षमान पुनले जानकारी दिए ।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए । एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए । विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्