Logo
६ बैशाख २०८१, बिहीबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन पटकसम्म नेपालको प्रधानमन्त्री भएका कीर्तिनिधि विष्टको निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । शनिबार बिहान ज्ञानेश्वरस्थित आफ्नो घरमै उनको निधन भएको हो । ९० वर्षीय विष्ट लामो समयदेखि क्यान्सरबाट पीडित थिए । तीन पटक प्रधानमन्त्री भइसकेका विष्ट राजा ज्ञानेन्द्रको कार्यकालमा मन्त्रीपरिषदको उपाध्यक्ष पनि बनेका थिए ।

 

९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले जानकारी दियो ।पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।

२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रो पटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रो पटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

 

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्