Logo
१३ बैशाख २०८१, बिहीबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले मुख्यालयको दबावपछि गायिका कोमल ओलीको उम्मेदवारी फिर्ता

दाङ : दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेत्रृ एवम् गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।

दाङ ३ मा वाम गठबन्धनको तर्फबाट एमालेका आधिकारिक उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्ने घोषणा गर्दै ओलीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

ओली एमाले केन्द्रीय नेतृत्वले चलचित्र बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता गर्न सहमत भएकी थिइन् ।

पत्रकार सम्मेलनमा ओलीले भनिन्, ‘केही विषयमा सहमति गरेँ । मैले पार्टीको निर्णय स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएँ ।’

प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी वलीले एमाले मुख्यालयको दबाब पछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

उनलाई उम्मेदवारी दिएको समयदेखि नै केही एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । केही समय अगाडि मात्र नेकपा एमालेमा प्रवेश गरेकी ओलीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएकी थिइन् ।

वलीले अब नेकपा एमालेलाई सहयोग गर्ने बताएकी छिन् । उम्मेदवारी फिर्ता पछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भनिन, ‘एमालेले टिकट नदिएर मलाई अन्याय र्गयो तर अब म एमालेलाई सहयोग गर्छु ।’

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्