Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म यहाँको रैथाने उम्मेदवार हो’ भन्दै प्रचण्डविरुद्ध विक्रम पाण्डेको उम्मेदवारी

कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गरेका छन् ।

कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गरे । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले यहाँका जनताको माया पाएको छुँ कांग्रेसको समेत सर्मथन छ,’ पाण्डेले भने, ‘१५ हजारभन्दा बढी मतले जित्छु ।’

वनमन्त्री समेत रहेका पाण्डेले २० वर्षदेखि चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफूलाई रोज्ने दावी गरेका छन् । ‘यहाँको माटोसँग म भिजेको छु, बच्चादेखि बृद्धसम्मले मेरो उम्मेद्वारी खोजेको छ,’ पाण्डेले भने,’त्यसैले मेरो विजयी सुनिश्चित छ ।’

चितवन ३ मा धेरै विकास निर्माणका काम आफूले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पूरा गर्न पनि आफ्नो जित आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्