Logo
१३ बैशाख २०८१, बिहीबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगले थाल्यो अनुसन्धान : भाइ हत्यरा भनिएकी प्रियङ्काको हिरासतभित्रै हत्या कि आत्महत्या ?

सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ ।

आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । हिरासत अनुगमन पछि आयोगको अधिकृतले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत बयान दिन मानेनन् । उनले मानवअधिकार अधिकृत समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान मै बसे । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे नया पत्रिकालाई समेत बताउन चाहेनन् ।

विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विबरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए ।

मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम
पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो ।

जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

बयस्क थुनुवासंगै बालकलाई हिरासतमा राखेर अनुसन्धान
हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्रचार्यले बयस्क थुनुवासंगै बालकलाई राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो ।

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्