Logo
६ बैशाख २०८१, बिहीबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशुली बस दुर्घटनामा मृतकहरुको संख्या २८ पुग्यो, अझै बढ्न सक्ने संभावना

यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् ।

मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये २८ जनाको शव निकालिएको छ । मृत्यु हुनेहरुमा बालबालिकाहरु उल्लेख्य छन् । बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्