Logo
७ बैशाख २०८१, शुक्रबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिर्तामोडमा मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय, कर्फ्यु यथावत

बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा-११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

साथै, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको उनले बताइन् ।

शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले दिएको जानकारी अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ ।

बिर्तामोडका डीएसपी जिल्ला तानिए, कर्फ्यु यथावत
बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।

स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए । सिलवाललाई जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

 

 

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्