Logo
१२ बैशाख २०८१, बुधबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठ मनाउन पोखरीमा झण्डा गाडेर फर्किने क्रममा युवकको डुबेर मृत्यु

छठ मनाउने क्रममा सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ । छठ पर्व मनाउने क्रममा बुधवार राति पोखरीमा डुबेर रुपनी गाउँपालिका ३ कटैयाका १९ वर्षीय भुपेन्द्र साहको डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न भएको हो ।

मृतक साहको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको छ । काठमाडौंमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत साह छठ मनाउनका लागि केही दिन अघि मात्र घर आएका थिए ।

पोखरीको बीच भागमा झण्डा गाडेर फर्किने क्रममा थाकेर पौडिन नसकी डुबेका साहलाई तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । युवक साहको मृत्यु भएपछि स्थानीयवासीले सो पोखरीमा विहानको अर्घ दिएनन् ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्