Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विर्तामोड तनावग्रस्त, बालक हत्याको विषयमा झापामा गोली चल्यो

झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् ।

प्रहरीको अवरोधलाई छिचोलेर विरोध र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न शुरु गरेको स्थानीय पत्रकार पुजन घिमिरेले बताए ।

शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो । तर, जिल्ला प्रहरी कार्यलयका एसपी विष्णु केसीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासमात्र प्रहार गरेको बताए । उनले झडपमा के कति घाइते भए भन्ने यकिन भैनसकेको पनि बताए ।

गोली प्रहार तथा अश्रुग्यास लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन । प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेको स्थानीयले बताएका छन् । प्रहरीले काम गर्न कार्यालय तथा पसलमा गएका सर्वसाधारणलाई समेत कुटपिट गर्न थालेपछि विर्तामोड अत्यन्त त्रसित छ ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्