Logo
४ बैशाख २०८१, मंगलबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपक मनाङ्गे नै भए मनाङमा एमालेका आधिकारिक उम्मेदवार

मनाङको क्षेत्र नम्बर २ का एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

एमालेले प्रदेशसभा निर्वाचनका लागि मनाङमा दिपक मनांगे (राजीव गुरुङ) लाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा विवाद हुँदा खण्डा लामा गुरुङलाई उम्मेदवार चयन गरेको थियो ।

नाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो । टिकट नपाएका मनांगेले प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट स्वतन्त्र –बागी) उम्मेदवारी दिएका थिए ।

एमाले चार नम्बर प्रदेश कमिटी सदस्यसमेत रहेका मनाङका नेता पाल्देङ गुरुङले मनाङगे नै एमालेको उम्मेदवार भएको बताए ।

मनाङका जनताले आफूलाई जिताउने भन्दै मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । अब एमालेका आधिकारिक उमेदवार खण्डा लामाले स्वतन्त्र उमेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनी समर्थकले एमालेलाई सघाउने भएका छन् ।

यो सँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुने भएको छ ।प्रतिनिधिसभाका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङ उम्मेदवार छन् । राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका मनाङ्गे समयअघि एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्