Logo
७ बैशाख २०८१, शुक्रबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामलाई समर्थन गर्दै फोरमको उम्मेदवारी फिर्ता

कांग्रेस नेतृत्वको गठबन्धनबाट गोरखा २ मा प्रत्यासी रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्दै एक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट गोरखाको प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवार बनेका सुकदेव गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा गोरखा २ मा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा फोरम नेपालले उम्मेदवारी दिन सकेको थिएन ।

नयाँशक्ति संयोजक भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धाका कारण सो निर्वाचन क्षेत्र चर्चित बनेको छ ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्