Logo
१५ चैत्र २०८०, बिहीबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद तथा घाइते परिवारलाई राजपा नेताहरुद्वारा छठ पर्वको सामग्री प्रदान

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीद परिवार र सख्त घाइते भएका परिवारलाई राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले छठ पर्वको सामग्रीहरु प्रदान गरेका छन् ।

“शहीद परिवार हाम्रो समाजको गहना हो, सबै सम्मान र सहयोग गरौं’ भन्ने उद्देश्यका साथ राजपा नेपालका नेताहरु तथा सामाजिक अभियन्ताले सहयोग प्रदान गरेका छन् ।

मधेश आन्दोलनका शहीदहरु दीनानाथ साह गोड, जयप्रकाश साह, दीलिप चौरसिया, धर्मराज सिंह र सोहन कलवार र शख्त घाइते भएका मुनसी पटेलका परिवारलाई घरमै पुगी छठ पुजा सामग्री र साडी वितरण गरिएको छ ।

यसैगरी, राजपाका नेताहरुले वीरगन्जमा शहीदहरुको नाममा बाटोको नामाकरणसमेत गरिसकेको छ । राजपाका वीरगन्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रीय सदस्यद्वय रम्भा मिश्रा र उषा श्रीवास्तव र सामाजिक अभियन्ता प्रकाश थारुले शहीद र घाइते परिवारका लागि छठ पुजा सामग्री उपलब्ध गराएका थिए ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्