Logo
६ बैशाख २०८१, बिहीबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर २ को समृद्धिका लागि समाजिक महाअभियान सुरु

प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियानको शुभारम्भ गरिएको छ । एक समाजिक संस्था ‘भोर’ तथा अन्य अभियानी तथा अनुसन्धान मुलक परोपकारी समुहहरुको पहलमा आथिर्क, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियानको सुभारम्भ गरिएको हो ।
जनकपुरधामको ‘पगलाबाबा धर्मशाला’ मा सोमवार आयोजित एक विषेश कार्यक्रमबीच उक्त महाअभियानको शुभारम्भ गरिएको हो । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा समाजको सकारात्मक परिवर्तनको संवाहक ६५ जना योद्धाहरुको सहभागीतामा संचालन भएको हो ।

कार्यक्रमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलले प्रदेश नम्बर २ आर्थिक, समाजिक र साँस्कृतिमा धनी रहेको बताए ।  प्रदेश नम्बर २ मा अन्य प्रदेशभन्दा फरक साँस्कृति र अलग मौलिकता रहेकोले यसको विकासको व्यापक सम्भावना रहेको दावी गरे ।

प्रदेश नम्बर २ मा पर्ने भुगोल ईतिहासमै अबल्ल रहेको उल्लेख गर्दै उनले भने,‘ राजा जनक, सहलेस, दीनाभद्री लगायतका वीर योद्धाहरुको जन्म र कर्मभुमि यहि प्रदेशमा भएको छ ।’ विश्व प्रसिद्ध दर्शनहरु मिथिला भुमिमै लेखिएको भन्दै उनले नेपालबाट मिथिला साँस्कृतिलाई हटाएर नेपाली साँस्कृतिको पहिचान शुन्य हुने दावी गरे । महाअभियानको पहिलो चरणमा प्रदेश नम्बर २ को ८ वटै जिल्लामा सरकारी, गैरसरकारी, विज्ञ तथा विभिन्न सरोकारवालाहरु निकायसँग अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ । दोस्रो चरणमा प्रत्येक जिल्लाका रहेको भौतिक, आर्थिक, समाजिक तथा सास्कृतिको विषयमा वृहत्त अध्ययन अनुसन्धान गर्न सोही जिल्लाका विज्ञहरुको सहयोगमा रिर्पोट तयार गर्ने जनाएको छ ।

विज्ञहरुबाट तयार गरिएको रिर्पोटलाई एकिकृत गरि प्रदेश नम्बर २ को समग्र आर्थिक, सामाजिक तथा सास्कृतिक अवस्थाको सम्बन्धी वृहत्त प्रतिवेदन तयार गर्ने  भोरका अध्यक्ष राजकुमार महतोले बताए । उनले उक्त विज्ञहरु संलग्नतामा तयार हुने प्रतिवेदन निर्वाचनपछि गठन हुने प्रदेश सरकार तथा संघिय सरकारलाई बुझाउने योजना रहेको बताए ।

महतोका अनुसार उक्त प्रतिवेदन कार्यान्वयनमा भोरले प्राविधिक सहयोग गर्ने र सहयोगको लागि विभिन्न विदेशी दातृ संघसंस्थाहरु लाई प्रदेश नम्बर २ को अवस्था र आवश्यकताको बारे सहयोगी नियोगहरुलाई सुसुचित गराइने छ । समाजका संवाहकहरु रामआषिश यादव, सुरेश शर्मा, शिव नाथ झा, सरोज राय, सरोज मिश्र, विजय कुमार झा, राजकिशोर रजक, प्रदिप दत्त, राम बाबु ठाकुर, सिया सदा, चन्देश्वर सदा लगायतका व्यक्तित्वहरुको सहभागीता थियो ।

त्यस्तै, जनकपुरधाममा कार्यरत पत्रकारहरु श्याम सुन्दर शशि, हदिश खुद्धार, कैलाश दास, बटुकनाथ झा, प्रमोद कुमार साह, घनश्याम मिश्र तथा विभिन्न क्षेत्रहरुमा कार्यरत संजय कुमार महतो, उमेश कुमार निराला, राज झा, राजिव मंडल, शिव नारायण झा, दिनेश्वर साह, गणेश राय, गुन्जन कुमार राय, नागेन्द्र साह, राकेश यादव, रामेश्वर महरा, सुन्दर कुमार सदा, जय राम यादव यदुवंशी, शशि कुमार सिंह, अशोक साह लयागतकाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्