Logo
६ चैत्र २०८०, मंगलबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मागेभन्दा म्यादी प्रहरीमा तीन दोब्बरको आवेदन

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय २ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । माग संख्या भन्दा तीन दोब्बर भन्दा बढीले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश नं.१ मा १४ जिल्लाहरुका लागि माग भएको १६ हजार ८१८ जना म्यादी प्रहरी प्रहरीको माग रहेको छ।

सरकारले देशभरका लागि माग गरेको ६८ हजार २ सय ६४ जना म्यादी प्रहरीको दरबन्दीमा प्रदेश नं. १ बाट मात्र ४६ हजार ३ सय २ जनाले आवेदन दिएका छन् । यो आवेदन देशभरीबाट माग गरिएको कुल दरबन्दीको ८० प्रतिशत हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी शिवकुमार पोखरेलले दिएको जानकारी अनुसार म्यादीमा आवेदन दिने पुरुषको संख्या ३५ हजार ६ सय ६० र महिलाको संख्या १० हजार ६ सय ४२ रहेको छ ।

यो प्रदेशमा सवै भन्दा बढी मोरङ जिल्लामा १० हजार ७४१ जनाले आवेदन दिएका छन्। मोरङमा ३ हजार १५७ जनाको माग रहेको छ। त्यस्तै ताप्लेजुङ जिल्लामा ६११ जनाको दरबन्दीमा एक हजार ८३ जनाले आवेदन दिएका छन् । पाँचथरमा ८२९ जनाको दरबन्दीमा दुई हजार १८० जनाले, ईलाममा एक हजार २२५ जनाको दरबन्दीमा ३ हजार १३२ जनाले र झापा जिल्लामा २ हजार ७५५ जनाको दरबन्दीमा आठ हजार ८७९ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै संखुवासभा जिल्लामा ९१८ जनाको दरबन्दीमा एक हजार ४५४ जना, तेह्रथुममा ४११ जनाको दरबन्दीमा एकहजार ४ जना, भोजपुरमा ६६५ जनाको दरबन्दीमा एकहजार ७५६ जना, धनकुटामा ८२७ जनाको दरबन्दीमा दुईहजार ३०३ जना र सुनसरीमा दुई हजार १५४ जनाको दरबन्दीमा ७ हजार ४७४ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् ।

सोलुखुम्बु जिल्लमा ८०८ जनाको दरबन्दीमा १०६९ जना, ओखलढुंगामा ५३७ दरबन्दीमा ९७४ जना, खोटाङमा ९८२ जनाको दरबन्दीमा दुईहजार ३४ जना र उदयपुर जिल्लामा ९३९ जनाको दरबन्दीमा दुईहजार २१९ जनाको आवेदन परेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

आश्विन २० गतेदेखि ३० सम्म लिईएको आवेदनमा १८ बर्ष पुरा भएका जवान देखि ५० बर्ष कटेका ब्यक्तिहरुले आवेदन दिएका छन् । यो आवेदनको आधारमा कार्तिक ५ गते देखि प्रदेश नं १ को सवै जिल्लामा म्यादी प्रहरीलाई छनौट गर्ने कार्य सुरु भएको छ ।

छनौट प्रक्रियामा वजन, उचाई, प्रेसर जाँच संगै ह्याविङ, सेटअप र रनिङको टेष्ट लिने गरेको छ । यी परीक्षा पास गरेका आवेदकलाई मात्रै लिखित परीक्षामा सामेल गराउने गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए । यी बाहेक दुवी, दाज, मुसा शारीरीक अपाङ्गता र सरुवा रोग भएका ब्यक्तिले आवेदन गरेपनि सुरुवातमै हटाउने गरेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्