Logo
८ बैशाख २०८१, शनिबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन देउवाको निर्देशन

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल विद्यार्थी संघद्वारा समसामयिक सन्दर्भमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन पनि आसन्न दुवै तहको निर्वाचनमा काङ्ग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गरे ।

उनले निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्धलाई अझै घनिष्ट बनाउन पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए । प्रधानमन्त्री देउवाले काङ्ग्रेसले चुनावमा हारे मुलुकको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी पनि दिए । उनले मुलुकमा कम्युनिष्ट शासन आए सर्वसत्तावाद सुरु हुने र जनताको बोल्ने, लेख्ने अधिकार समेत हनन् हुने दावी पनि गरे ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि काङ्ग्रेसले चुनाव जित्नै पर्ने दावी गरे । उनले कम खर्चमा चुनाव गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नेपाल विद्यार्थी संघका नेतृत्वलाई निर्देशन पनि दिए । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुलाई परास्त गरेर मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने दायित्व पूरा गर्न नेपाल विद्यार्थी संघको नेतृत्वलाई निर्देशन दिए ।

प्रकाशित मिति: Oct 17, 2017

प्रतिक्रिया दिनुहोस्