Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो चरणअन्तर्गतको स्थानिय तहको निर्वाचन अन्ततः सम्पन्न

होकी न होला ? सम्मको स्थीतिमा रहेको स्थानिय तहको निर्वाचन अन्ततः सम्पन्न भएको छ । स्थानीय तहको तेस्रो चरणअन्तर्गतको प्रदेश २ का आठ जिल्लामा सोमबार भएको मतदान सकिएको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विभिन्न जिल्ला रहेका हाम्रा प्रतिनिधीले दिएको जानकारी अनुसार प्राय सबै स्थानमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगले आधिकारी तथ्यांक केही बेरमा सार्वजनिक गर्ने बताएको छ । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।हेको स्थानिय तहको निर्वाचन अन्ततः सम्पन्न भएको छ ।

प्रकाशित मिति: Sep 18, 2017

प्रतिक्रिया दिनुहोस्