Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली दिए चुनौती : हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन्

मौन अवधी सुरु हुन भन्दा केहि घण्टा अगाडी मधेश झरेका एमाले अध्यक्ष केपि शर्मा ओलीले मधेशी दलका नेताहरुलाई चुनौती दिएका छन् । ‘मलाई मधेशविरोधी भन्ने तपाईहरुले के के गर्नु भयो ? ‘ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्दा कनिका छरेको र ओथारो बसेका बुढाबुढीलाई पैसा दिएर राज्यको धुकुटी सिध्याएको आरोप लाउनेहरु आज हामीले नै गरेको हो भन्दै लाजै नमानी भोटको राजनीति गर्दैछन् ।’

बाराको जितपुर-सिमरा उपमहानगरमा चुनावी सभालाई सम्बोधन गर्दै जनकपुरको चक्रपथ, वीरगन्ज-पथलैया ६ लेन सडक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्रलगायत एमालेको समृद्धी अभियानलाई कार्यान्वयनका लागि स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने उनको जिकिर थियो ।

ओलीले आफ्नो पार्टीलाई हराउन सत्ता पक्षले साधन, स्रोतको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । ओलीले थपे, ‘हामीसँग मासु र भात खुवाउने पैसा छैन, अनावश्यक आरोप लगाएर जनता उचाल्ने समय पनि छैन । हामी अब समृद्धीको बाटोमा छौँ, अब मधेशमा हामीलाई थला पार्न खोज्नेहरु आफैं थला पर्ने छन् ।’

‘एमालेलाई मधेस बिरोधी भन्नेहरुले आफ्ना पालामा मधेसको विकासका लागि के गरे ? मधेसी जनतालाई मार्ने र मराउने खेल बाहेक केही गरे ?’ ओलीले प्रश्न गरे ।

प्रकाशित मिति: Sep 15, 2017

प्रतिक्रिया दिनुहोस्