Logo
१२ बैशाख २०८१, बुधबार
(September 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौन अवधिमा चुनावी प्रचार प्रसार गरे, एक लाख जरिवाना र उम्मेदवारी रद्द

स्थानिय तहको तेस्रो तथा अन्तिम चरण अन्तरगत हुन गइरहेको निर्वाचनका लागि शुक्रवार राति १२ बजेपछि  निर्वाचनको मौन अवधि शुरु हुदैछ । प्रदेश नम्बर २ अन्तरगतका जिल्लाहरुमा आउदो असोज २ गते चुनाव हुन लागेको हो । निर्वाचन आयोगले मौनअवधिको उलंघन गरेको भेटेमा सामान्यतया निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धि कारबाही गर्नेछ ।

आयोग प्रवक्ता नवराज ढकालले कसैले पनि मौनवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना गरिने बताए । तर, हदै भएको खण्डमा भने आयोगलाई निर्वाचन कसुर सजाय ऐन आकर्षित गरेर कारवाहीसमेत गर्न सक्ने अधिकार रहेको छ ।
निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा आचारसंहिताको पालना गर्न उक्त समयमा निषेधित गरेका काम कसैले गरे या भए कारवाहीबाट आयोग पछि नहट्ने चेतावनी दिएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यो ऐन आकर्षित भए एक लाख जरिवाना, उम्मेदवारी रद्द या यस्तो उजुरी परे निर्वाचन जितेपछि पनि मान्यता नदिने अधिकार प्रयोग गर्न सक्नेछ । आयोगले मौनअवधिमा सभा–सम्मलेन र बाहिरी कार्यक्रम नगरे पनि सोसल मिडियाबाट उम्मेदवार वा पार्टीले गर्नसक्ने प्रचारप्रसारलाई ध्यानमा राखेर विशेष संयन्त्र परिचालन गरेको जनाएको छ ।

मौन अवधिमा के के गर्न पाइदैन :
१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइदैन,
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका
आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने हुन्छ ।
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइदैन ।
४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन पाइदैन ।
५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइदैन।

प्रकाशित मिति: Sep 15, 2017

प्रतिक्रिया दिनुहोस्