Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले महंगियो तरकारीको भाउ, यस्तो छ नयाँ दर रेट

काठमाडौं : सन्तोष तामाङ टेकुमा डेरा बस्दै आएको ९ वर्ष भयो । उनी घरमा आवश्यक पर्ने तरकारी लिनको लागि कालीमाटीस्थित तरकारी बजार नै जान्छन् । ताजा र केहि सस्तो मूल्यमा समेत पाइने हुँदा तरकारी लिन टेकुदेखि कालिमाटी पुग्ने गरेको उनी बताउँछन् ।बुधबार उनले टमाटर प्रतिकिलो रु ९० र प्याज प्रतिकिलो ७० खुद्रा मुल्यमा किने ।

तर, बुधबार तरकारी किन्दा एक साताको अवधिमा मूल्य अत्याधिक बढेको पाइएको उनको भनाई छ । उनका अनुसार ५ दिनअघि टमाटरको मूल्य ५०/५५ र प्याजको मूल्य ५०/५५ को हाराहारीमा थियो । यो त एक प्रतिनिधि उदाहरणमात्रै हो केहि दिनको बीचमा तरकारीको भाउ बृद्धि भएको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ बजार संचालक अधिकृत मनोज घितालले तरकारीको मूल्य बढेको स्वीकारे । उनले झण्डै ५ दिनदेखि तरकारीको मुल्यमा बृद्धि भएको भन्दै त्यसको कारक अविरल वर्षापछि देशका विभिन्न स्थानमा परेको बाढीपहिरो भएको बताए । बाढी,पहिरोको तथा लगातारको वर्षाले कारण तरकारी बारीमा कुहिने, बजारसम्म ल्याउन सडक राम्रो नभएको जस्ता कारण तरकारीको मुल्य बढेको उनी बताउँछन् ।

यद्यपी सबै खालको तरकारीमा भने मुल्य बृद्धि लागू नहुने उनको भनाई छ । टमाटर, काउली, गाजर जस्ता दैनिक प्रयोग हुने तरकारीको मुल्य बृद्धि भएको उनी बताउँछन् । कालीमाटीमा काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, धादिङ, पर्सा र मकवानपुरबाट तरकारी आउने गरेको छ । अहिले पनि ति सबै जिल्लाबाट तरकारी नियमित आउन थालेको बताइएको छ । तराईबाट ४ प्रतिशत मात्रै तरकारी आउने भएको हुनाले तराईमा बाढीबाट भएको क्षतिले काठमाडौ भित्रिने तरकारीमा खासै समस्या नभएको धितालले बताए ।

यसो त तराईबाट ४ प्रतिशत तरकारी आयात हुन्छ । तर तराईको तरकारी उपभोक्ताहरु लान मान्दैनन् । कारण तराईको तरकारीमा स्वाद खासै नहुने र धेरै कुहिने भएको हुँदा पहाडको तरकारीको बढी माग भएको व्यापारीहरुको भनाई छ । यो समयमा निरन्तर रुपमा तराईको तरकारी आएको भए केही मात्रमा मुल्यमा सहज हुने चाहिँ पक्का थियो । ५ दिनको अवधिमा तरकारीको मुल्य बृद्धि हेर्ने हो भने धेरैमा अहिले सम्म ६३ प्रतिशत तरकारीको मुल्यमा बृद्धि भएको देखिन्छ । बोडीको मुल्य ६३ प्रतिशत बढेको छ भने ३८ प्रतिशत सानो गोलभेडाको । मूल्यसूचिअनुसार कम्तीमा पनि ६ प्रतिशत देखि तरकारीको मुल्यमा बृद्धि भएको देखिन्छ ।

यस्तै रातो आलु, सेतो आलु, सुकेको प्याज, मुला, तितो करेला, लौका, सेतो मुला, पिंडालु, स्कुस, हरियो प्याज, मेथिको साग, तोरीको साग, जिराको साग, कुरीलो, हरियो फर्सी, पाकेको फर्सीको भने मुल्य बृद्धि भएको छैन ।राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले भने बाढी पहिरोको बहाना बनाई तरकारी तथा सागसब्जीमा अत्याधिक मूल्य बइढाएको आरोप लगाएका छन् । देश, समाज, र कानुन बिपरित अधिक मुनाफा खानाकै लाग मात्र कार्टेलिंग गरी भाउ बढाएको आरोप उनको छ । उनले यो कार्यको मलजल गर्ने काम कालीमाटी तरकारी बजार आफैले गरेको पनि सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् ।

उपभोक्ताले मूल्यबृद्धिको मार खेप्नु परिरहेको गुनासो गरिरहँदा व्यापारीको पनि पीडा उस्तै छ । ९ वर्षदेखि कालिमाटीमा तरकारी ब्यापार गर्दै आएका संजिव श्रेष्ठले तरकारी सँधै जाता बेच्नुपर्ने हुँदा समयमै नबिके घाटा बेहोर्नुपर्ने अवस्था आउने सुनाए । स्टलमा सफा र ताजा तरकारी राख्नु पर्ने र बासी तरकारी ग्राहकले लान नमान्ने भएकोले बिहान आएको तरकारी बेलुका सम्म बेचिसक्नु पर्ने र यदी बेच्न नसकिए त्यसै फाल्नु पर्ने हुँदा घाटा बेहोर्नुपर्ने अवस्था आउने उनको भनाई छ । उनले तरकारी ब्यापारीले मुल्य बृद्धि गरेको भन्ने कुरा धेरै सम्म सत्य नभएको समेत उनको भनाई छ । भन्दै अञ्जु तामाङको बाइलाइनमा रातोपाटीमा रिर्पोट छ । 

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्