Logo
७ बैशाख २०८१, शुक्रबार
(August 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण र यसरी सहमतिमा आयो राजपा नेपाल

काठमाडौं : तराई मधेसका १२ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको प्रक्रियालाई सर्वोच्च अदालतले खुला गरिदिएपछि राजपा संशोधन प्रस्ताव अघि बढाउन तयार भएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । ‘राजपाको माग तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्छ भन्ने थियो । अदालतले तह बढाउने सरकारको निर्णयलाई बाटो खोलिदिएपछि आफूहरूको माग अलिकति सम्बोधन भएको बुझाइ उहाँहरूको छ । अरू असन्तुष्टिका विषयलाई फेरि जनतामा लिएर जाने भनेर उहाँहरू मान्नुभएको देखिन्छ,’ उनले भने ।

७४४ स्थानीय तहमा २२ वटा तह थप गर्ने निर्णय सरकारले गरेको थियो । तर, सर्वोच्च अदालतले तत्काल सो निर्णय कार्यान्वयन नगर्नू भनेको थियो । बिहीबार संख्या थपका लागि अदालतले बाटो खोलिदिएपछि राजपाले त्यसलाई स्वागत गरेको छ । अब प्रदेश नम्बर २ का आठ जिल्लामा १० वटा स्थानीय तह थपिएपछि २ असोजमा १३७ वटा तहमा निर्वाचन हुनेछ ।

राजपा नेता केशव झाले संशोधन प्रस्तावलाई पास गराउन सत्तारुढ र राजपाले हरसम्भव कोसिस गर्ने र पास नभए पनि असन्तुष्टि जनतामा लिएर जाने बताए । ‘संविधान संशोधनलाई निर्णयार्थ पेस गरिएपछि जे परिणाम आए पनि निर्वाचनमा भाग लिन्छौँ भन्दै आएका छौँ, शुक्रबार यसमा विषयमा सरकारसँग सहमति भएको छ,’ उनले भने, ‘संशोधन प्रस्ताव आइतबार प्रस्तुत गर्ने र मंगलबार भोटिङ गर्ने तयारी छ । पास गराउनकै लागि दुवै पक्ष प्रभावकारी रूपमा लाग्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Aug 12, 2017

प्रतिक्रिया दिनुहोस्