Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी दुई वटा जहाज खरिदका लागि पत्राचार

काठमाडौं :  नेपाल वायु सेवा निगमले फेरी दुई वटा राष्ट्रिय ध्वजावाहक न्यारोबडी जहाज खरिद गर्ने भएको छ । निगम महाप्रबन्ध सुगतरत्न कंसाकारले एयरबस उत्पादन कम्पनिलाई दुई वटा न्यारोबडी जहाज खरिद गर्ने गरी पत्रचार भएको बताए ।

निगमले सिधै एयरबस कम्पनीसँग जहाज खरिद गर्न सकिने गरी सार्वजनिक खरिद ऐन परिमार्जन भएपछि एयर बस खरिदका लागि पत्राचार गरेको जनाएको छ ।

सार्वजनिक लेखा समितको छलफलमा सांसदहरुले निगमको व्यवस्थापन सुधार नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै कंसाकारले निगमको विश्वसनियता बढाउन जहाज खरिदका लागि पत्रचार गरिएको जवाफ दिएका थिए ।

‘निगमको व्यवस्थापनमा विस्तारै सुधार भएको छ’ उनले भने, ‘कानुनी प्रक्रिया केही लामो हुँदा समस्या आएको हो।’ निगमले भर्खरै मात्र दुई वटा वाइडबडी जहाज खरिदका लागि पहिलो किस्ता वापतको ८ अर्ब भन्दा बढी रकम पठाइसको छ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा मात्रै एयरबस छन् । तर, पनि निगमको अकुपेन्सी ७० दशमलब एक छ। यो सबैको भन्दा बढी हो।

पुनः निगमले जहाज थप्दै आफ्नौ पुरानो गन्तव्यमा फ्लाइट थप्ने र केही नयाँ गन्तव्यका समेत उडानका लागि जहाज अति नै आवश्यक भएको बताएको छ ।

सार्वजनिक पद धारण गरेकाले राष्ट्रिय ध्वजावाहक प्रयोग गनुपर्ने

यसैबीच, सार्वजनिक पद धारण गरेको व्यक्तिले आन्तरिक तथा वाह्य हवाई यात्रा गर्दा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एअरलाइन्स प्रयोग गर्नुपर्ने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदमा रहेका व्यक्तिलाई सरकारी विमान चढ्न निर्देशन दिएको हो ।

समितिको बुधबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जयनारायण देवले सरकारी कर्मचारीले सकेसम्म सरकारी विमान चढ्नुपर्ने निर्देशन दिन समितिलाई आग्रह गरेका थिए ।

राष्ट्रिय ध्वजावाहकप्रतिको विश्वसनीयता बढाउनका लागि सबै सरकारी पद धारण गर्नेले राष्ट्रिय ध्वजाबाहक प्रयोग गर्नुपर्ने मन्त्री देवको भनाई थियो ।

मन्त्रीको आग्रहपछि समितिले सार्वजनिक पदधारण गरेको राजनीतिक र प्रशासनिक व्यक्तिले आन्तरिक तथा बाह्य उडानका क्रममा सम्भव भएसम्म राष्ट्रिय ध्वजावाहक एयरलाइन्स नै प्रयोग गर्न सरकारलाई निर्देशन गरेको हाे । फाइल फोटो

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्