Logo
७ बैशाख २०८१, शुक्रबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बन्धक बनाएर नेपाली बालिकालाई बलात्कार  

बर्दिबास: नेपाली बालिकालाई भारतमा बन्धक बनाई बलात्कार गरेको आरोपमा महोत्तरीको औरहीबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट भगाएर भारतको सितामढीमा बन्धक बनाई बलात्कार गर्दै आएको आरोपमा औरही गाउँपालिका-१ का २८ वर्षीय प्रमोद महतोलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भू पोखरेलले बताए ।

औरहीकी स्थानीय-१४ बर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले बलिकालाई बलात्कार गर्दै आएका प्रहरीले जनाएको छ। एक बर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई टियुसन पढाउने गर्थे।त्यही समयदेखि बालिकालाई ललाई-फकाई शिक्षक प्रमोदले जर्बजस्ती करणी गर्दै आएको प्रहरीको भनाई छ ।

साउन १७ गते आरोपी महतोले बालिकालाई भगाएर भारतको सितामढी स्थित साथीको घरमा पुर्‍याएका थिए। बालिका श्री प्रसाद सिंह उच्च मा.वि औरहीमा कक्षा ८ मा पढढ्दै छन्।साउन १७ गते साँझ बालिकाका घरमा नभेटिएपछी अभिभावकले हरायो भन्दै खोजी गरेका थिए ।

खोज्दै जाँदा आरोपी शिक्षकले बालिकालाई भारतमा बन्धक बनाएर राखेको कुरा प्रहरीले सुइको पायो।त्यसपछी प्रहरी चौक औरहीले बालिकाको अभिभावकोको सहयोगमा साउन २१ गते उद्धार गरेर नेपाल ल्याएको हो । बलात्कृत बालिकाको मेडिकल चेकजाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको छ।आरोपित शिक्षकमाथि इलका प्रहरी कार्यालय गौशालाले जबर्जस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

@राजकरण महतोको बाइलाइनमा अन्नपुर्णमा समाचार छ ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्