Logo
४ बैशाख २०८१, मंगलबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश रणनीति : मधेशमा झरे तीन दल, अलमलमै राजपा

काठमाडौं : दुर्इ नम्बर प्रदेशका आठ जिल्लामा असोज २ गते हुने निर्वाचनको रणनीति तयार पार्न मुख्य तीन दल मधेश झरिसकेका छन् भने साना दलहरुले पनि चुनावी रणनीति बनाउन थालेका छन् । मधेशमा लामो समयदेखि आन्दोलित रहँदै आएको राष्ट्रिय जनता पार्टी भने अझै चुनावमा जाने या नजाने गृहकार्यमै अल्झिएको छ। नजिकिँदै गरेको चुनावमा जाने/नजाने भन्नेमा अन्योल कायमै छ यो दलभित्र।

इज्जत जोगाउने दाउ
नेपाली कांग्रेसले साउन ५ गते नम्बर २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि आन्तरिक रणनीति बनाउने छलफल कार्यक्रमको आयोजना गर्यो । २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस दुई चरणको स्थानीय निर्वाचनमा दोस्रो हुँदा दवावमा छ। त्यसैले नयाँ चुनावी रणनीति बनाउन कांग्रेस अघि सरेको छ। यही बिहीवार बानेश्वरमा प्रदेश २ मा पर्ने ८ जिल्लाका सभापतिको भेला गराएर चुनावी रणनीतिको तयारी थालेको थियो उसले ।

छलफलमा केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा जिल्ला सभापति लगायत पराजित जिल्ला सभापति पनि सामेल भए। उक्त छलफलमा बोल्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको इज्जत जोगाउनका लागि पनि तेस्रो चरणको निर्वाचनमा कांग्रेस अगाडि हुनुपर्ने धारणा राखेका थिए। यतिमात्र होइन देउवाले अन्तरघात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्ने चेतावनी समेत दिए ।

केन्द्रका नेताहरु प्रदेश नम्बर २ मा गएर विभिन्न चुनावी माहोल बनाउँनमा लागेको छ। समयमै विवाद्र्हित निर्वाचन क्षेत्रमै टिकट वितरणको काम पूरा गर्ने रणनीति समेत कांग्रेसले बनाएको छ।

पहिलो हुनेमा विश्वस्त एमाले
पहिलो र दोस्रो चरणको निर्वाचनमा धेरै स्थानीय तहमा जित हासिल गरेको नेकपा एमाले २ नम्बर प्रदेशमा पनि पहिलो हुनेमा विश्वस्त रहेको बताउँदै आएको छ ।  एमाले सचिव प्रदीप ज्ञवालीले एमाले प्रदेश नम्बर २ मा पनि पहिलो दल हुनेमा विश्वस्त रहेको पहिलोपोस्टसँग बताए ।

एमालेले २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनको तयारीका लागि एमालेले विभिन्न नेताहरुलार्इ चुनावी तयारीको जिम्मा दिएको छ। २ नम्बर प्रदेशका ८ जिल्लामध्ये एक-एक जिल्लाको कमाण्ड पाएका नेताहरूले आफ्नो कार्यक्षेत्रमा पुगेर काम गरिरहेकै छन् भने केहीले तयारी सकिसकेको सचिव ज्ञवालीले बताए।

उनका अनुसार आफ्नो मुख्य प्रतिस्प्रर्धीको रुपमा नेपाली कांग्रेसलार्इ महसुस गरिएता पनि चुनावमा अगाडि हुनेमा एमाले पक्का भएको छ।

नेता-कार्यकर्तालार्इ प्रशिक्षण दिँदै माओवादी
एक हप्ता अगाडि माओवादी केन्द्रबाट प्रदेश नम्बर २ का अगुवा नेताहरुलार्इ प्रशिक्षण दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुपर पुगेका थिए। प्रचण्डले पार्टीको सचिवालय बैठकपछि बुधवार पत्रकार सम्मेलन गरी २ नम्बर प्रदेशमा पार्टी पहिलो बन्ने आधारहरु प्रस्तुत गरेका थिए ।

केन्द्रका नेताहरु पनि २ नम्बर प्रदेशमा अगुवा नेता एवं कार्यकर्ताहरुलार्इ चुनावमा आफ्ना रणनीतिबारे स्पस्ट पारिरहेको पार्टी कार्यालयले बतायो । प्रदेश २ मा कार्यक्षेत्र रहेका पार्टी पोलिटब्युरो सदस्यको बैठकमा वीरगन्ज महानगरपालिका तथा तीन उपमहानगरपालिका र पार्टीले जित्ने सम्भावना देखिएका अन्य स्थानीय तहका विभिन्न कार्यक्रममा सहभागी गराउने योजना माओवादी केन्द्रले गरेको छ ।

अन्योल मै राजपा
राष्ट्रिय जनता पार्टी नयाँ पार्टीको साउन १८ गतेबाट सुरु भएको केन्द्रीय पदाधिकारी बैठक २२ गते सकियो। बैठकले पार्टीभित्र अध्यक्ष मण्डलका सदस्यहरुबीच असहमतिका कारण चुनावमा जाने नजाने भन्ने कुनै किसिमको निर्णय हुन सकेन । साउन २२ गते देखि केन्द्रीय समिति बैठक सुरु भयो। केन्द्रीय समिति बैठकमा संविधान संशोधन नभए चुनावमा जाने या नजाने र पार्टी संगठनलाई एक बनाएर कसरी अघि लैजाने भन्ने मुख्य एजेण्डा छन् ।

पदाधिकारी बैठकमा नै संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा नजाने बहुमत भएको राजपामा निर्वाचनमा सहभागी हुने या नहुने विषयको निर्णयका लागि बैठक बसेकाले बैठको कुनै निर्णय नआउन्जेल सम्म चुनावमा जने नजाने अन्योल नै रहेको छ ।

@आकाश क्षेत्रीको बाइलाइनमा पहिलोपोस्टमा समाचार छ । 

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्