Logo
१३ बैशाख २०८१, बिहीबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाको नेतृत्वमा गन्तव्यमा पुग्न नसक्ने देखेपछि अलग्गियौँ (अन्तरवर्ता)

केही समयअघि एक भएको राप्रपा पुनः टुक्रिएको छ । कमल थापा र पशुपतिशमशेर राणा समुहबिचमा फाटो आएपछि पार्टी फुटेको हो । राणाले आफ्नो समुहसहित पार्टीबाट बाहिरिएर नयाँ दल दर्ता गराएका छन् । ८ महिना अघि मात्रै एक भएका नेताहरु किन अलग्गिए ? यही विषयमा राणासँगै अलग्गिएका नेता सुनिलबहादुर थापासँग पत्रकार ऋषि धमलाले कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सुनिलबहादुर थापा, नेता, राप्रपा, प्रजातान्त्रिक

तपाईहरुले पार्टी किन फुटाउनुभयो ?
मुलभूत रुपमा पार्टी फुटेकोभन्दा पनि अलग्गिएको हो । हाम्रो एकता अधिवेशनले दुई पार्टीबिचमा एकताको महसुस गराउन र राष्ट्रवादी, लोकतान्त्रिक शक्तिलाई अघि बढाउनका लागि प्रयास गर्दा गर्दै पनि पूरा नहुने देखियो । हामीले गन्तव्य भेट्न नसक्ने अवस्था देख्यौँ । त्यसैले बाध्यताबस अलग रहनुपरेको हो ।

सैद्धान्तिक विवाद हो कि व्यक्तिगत स्वार्थ ?
पार्टी सैद्धान्तिक धरातलमा बन्छ । व्यक्तिको धरातलमा बन्दैन ।

तपाईहरुले सरकारमा जानका लागि पार्टी फुटाउनुभएको हो ?
यो कुरा गलत हो । सरकारमा को चाँही जान चाहेको थिएन ? हामीलाई चारवटा मन्त्रालय त पहिले नै दिइएको थियो नि ।

तर कसको नेतृत्वमा जाने भन्ने विवाद त थियो नि ? कमल थापाले पनि सत्ताको स्वार्थमा पार्टी फुटाइएको आरोप लगाउनुभएको छ ।
कमल थापाले त जे पनि भन्नुहुन्छ नि । हामीहरुको हस्ताक्षरलाई पनि नक्कली भन्नुभएको छ । उसो भए निर्वाचन आयोगमा गएका सासंदहरु पनि नक्कली हुन् त ?

थापाले त नक्कली हस्ताक्षरको प्रमाण नै छ भन्नुभएको छ ।
सासंद र केन्द्रिय सदस्यले आफ्नो सनाखत आफैँ गरेका छन् । त्यसलाई नक्कली भन्न मिल्छ ? हामी सक्षम र जिम्मेवार नागरिक हौँ । त्यस्ता गलत काम गर्दैनौँ ।

तपाईले पार्टी फुटाउनका लागि धेरै कसरत गर्नुभयो । सासंदहरुलाई मन्त्री बनाउनेदेखि आर्थिक प्रलोभन पनि देखाउनुभयो भन्ने आरोप छ नि ?
कसले भन्यो ?

दिलनाथ गिरीले भन्नुभएको छ ।
दिलनाथ गिरीले प्रमाण ल्याउनुस् न ।

पार्टी फुटाउनमा विदेशी शक्तिको समेत हात छ भनिएको छ नि ?
हामीलाई कसैको सहयोग लिनु पर्दैन । हामी सार्वभौमसत्ता देशका स्वाभिमानी मान्छे हौँ । हाम्रो निर्णय हामी आफैँ गछौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा सहमति भइसकेको हो ?
सरकारमा जाने नजाने भिन्दै कुरा हो ।

तपाईँ आफैँ पनि मन्त्री बन्ने दौडमा हुनुहुन्छ । होइन ?
राजनीति गर्ने व्यक्तिले मन्त्री बन्नु सामान्य कुरा हो । सकेसम्म उच्च तहमा पुग्ने लक्ष्य त सबैको हुन्छ ।

अब सरकारमा गएर संविधान संशोधनको पक्षमा उभिने तयारी हो ?
त्यो पछिको कुरा हो । हिजो मात्रै दल दर्ता गरेका छौँ । आज केन्द्रिय समिति बैठकमा सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गछौँ ।

तपाईहरुले कतिजना सासंद लिएर पार्टी फुटाउनुभएको हो ?
२० जना । अरु केही साथीहरु पनि थपिने कुरा छ ।

सांसद चोरेर हिँड्नुभयो है ? कमल थापालाई कमजोर बनाउनुभयो हैन ?
सासंद भनको चोर्ने वस्तु नै होइन । स्वाभिमानी र विवेकी मान्छेलाई चोरियो भन्नु नै गलत हो । उहाँहरु पशुपतिशमशेरको नेतृत्वमा आउन चाहनुभएको हो । हामीले कमल थापालाई कसरी कमजोर बनाउने ?

पार्टी फुटाएपछि त अब घाटा होला नि ? प्रदेश नम्बर २ को चुनावमा कमजोर बनिदैन ?
घाटा हुँदैन । हेर्नोस् न नतिजा कस्तो आउँछ ।

तपाईको चुनाव चिन्ह के हो ?
हलो । हिजोका दिनमा पनि हाम्रो चिन्ह हलो थियो । पुनः अलग्गिएकाले हाम्रो चुनाव चिन्ह हलो नै हुन्छ । निर्वाचन आयोगसँग हलो दाबी गरेका छौँ ।

कमल थापासँग सँगै बस्न नसक्नुको कारण के हो ?

राष्ट्रवादी र लोकतान्त्रिक शक्ति एक हुनुपर्छ हामीले पार्टी एकीकरण गरेकै हो । तर केही समय अघि पार्टीमा विचलन आयो । स्थानीय तहको चुनावमा पनि कमजोर नतिजा आयो । त्यसपछि यो नेतृत्वबाट गन्तव्यमा पुग्न नसकिने अवस्था देख्यौँ ।

पशुपतिशमशेर राणको नेतृत्वले गन्तव्यमा पु¥याउँछ त ?
उहाँको नेतृत्वले गन्तव्यमा पु¥याउँछ भन्नेमा हामी दृढ विश्वस्त छौँ । त्यसैले उहाँलाई साथ दिएका हौँ ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्