Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ’ भन्दै एमालेद्वारा शपथ ग्रहण वहिष्कार

चितवन : भरतपुर महानगरपालिकाको शपथ ग्रहण कार्य्रक्रम एमालेले बहिस्कार गरेको छ । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको शपथ चितवन जिल्ला समन्वय परिषद्को सभाहलमा आयोजना गरिएको छ । आइतवार दिउँसो सुरु भएको शपथ ग्रहणमा एमालेका तर्फबाट निर्वाचित कोही पनि प्रतिनिधिले भाग लिएका छैनन् ।

‘मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ । यसले लोकतन्त्रको खिल्ली उडाउने काम हुन्छ’ एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल भने, ‘हामी छुट्टै भोली शपथ लिन्छौं ।’ भरतपुर महानगरपालिकाको मत परिणाम अनुसार १४ वटा वडामा एमाले, १२ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडा माओवादीले जितेको छ ।

वडा नम्बर ४ र ७ को भने विवाद भएका कारण पुनरावेदन अदालतले सपथ नखुवाउन आदेश दिएकोले रोकिएको छ । गत बैशाख ३१ गते भएको निर्वाचनको मत गणना भइरहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थागित मतगणना सर्वोच्च अदालतको फैसलापछि १९ नम्बर वडाको पुन मतदान भएर गणना भएको थियो ।

पुन: मतदानपछि भएको मतगणनामा मेयरमा माओवादी–कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले जितेकी छन् ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्