Logo
१३ बैशाख २०८१, बिहीबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा फुटेर बन्यो ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’

काठमाडौं । २२ सांसद तथा ७२ केन्द्रीय सदस्यहरुले मिले कमल थापा नेतृत्वको राप्रापालाई फोड्दै नयाँ पार्टी बनाएका छन । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी दर्ता गराएपछि थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको हो ।

राणाको नेतृत्वमा नयाँ दलको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ राखिएको छ, भने यही नामको दावि सहित राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएका छन ।

समाचार श्रोतका अनुसार नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

नयाँ पार्टी दर्ता गराउदै नेता पशुपति शमशेर राणा, तस्विर सौजन्य : कुबेर गिरि

पशुपतिले कमल थापालाई देखाइदिए ,अब थापा राप्रपासँग १५ संसद !

पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् । पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन्।

अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए । पशुपतिले कमल थापालाई पार्टी फुटाएर देखाइदिएका छन् ।

नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको बताइएको छ । अब थापा राप्रपासँग १५ संसद मात्र हुनेछन् । २४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

 पार्टी एकता हुनु भन्दा अघि थापा नेतृत्वको राप्रपा नेपालमा २४ सांसद थिए ।  कमल थापाले पार्टीमा एकलौटी गरेको भन्दै राप्रपाको एकता महाधिवेशन लगत्तै नेता प्रकाशचन्द्र लोहनीले पनि पार्टी छाडेका थिए । थापालाई छाडेर गएका लोहनीले नयाँ पार्टी नै गठन गरिसकेका छन् ।

राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहराको नेतृत्वमा गएको समूहले पार्टी विभाजनको जानकारी पत्र सभामुख ओनसरी घर्तीलाई पनि बुझाइएको छ ।

राणाको समूहमा बोहरासहित केन्द्रीय सांसदहरु सुनील थापा विक्रम पाण्डे, सीता लुइँटेल, कमला शर्मा, बबिना मोक्तान, रमेश तामाङ, रेशम लामा, विराज विष्ट, रामकुमार सुब्बा, परशुराम खापुङ, सयन्द्र बान्तवा, राज्यलक्ष्मी, स्ताक आलम, राजेश्वरी लगायत छन् ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्