Logo
१५ चैत्र २०८०, बिहीबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्याँसको मूल्‍य प्रति सिलिण्डरमा २५ रुपैयाँ घट्‍यो

काठमाडौं: सरकारले खाना पकाउने ग्यास (एलपीजी) ग्यासको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य घटाएको हो। अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो ।

निगमका प्रवत्ता सीताराम पोखरेलकाअनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले इन्धनको नयाँ मूल्य सूची पठाएकाले सोहीअनुसार ग्यासको मूल्य समायोजन गरिएको हो ।

आईओसीले प्रति सिलिण्डरको मूल्य ५४ रुपैयाँ घटाएर मूल्यसूची नेपाललाई उपलब्ध गराएको हो । यही घटेको मूल्यको आधारमा ग्यासको मूल्य समायोजन गरिएको छ ।

आईओसीले पेट्रोलतर्फ प्रति लिटरमा एक रुपैयाँ आठ पैसा, डिजेलमा ४८ पैसा, मट्टितेलमा एक रुपैयाँ १० पैसा र हवाई इन्धनमा एक रुपैयाँ १४ पैसा मूल्य बढाएर मूल्य सूची नेपाललाई उपलब्ध गराएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैंन्।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्