Logo
१२ बैशाख २०८१, बुधबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चार मन्त्रालयद्वावरा विद्युतीय सञ्चारमाध्यमको नियमनबारे अभिमुखीकरण

काठमाडौँ, जेठ ११ : सूचना तथा सञ्चार मन्त्रालयले विद्युतीय सञ्चारमाध्यमको नियमनबारे दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहमा विद्युतीय सञ्चारमाध्यममा समन्वय, सञ्चालन र व्यवस्थापनका लागि आयोजना गरिएको अभिमुखीकरणमा विभिन्न जिल्लाका जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख, केबल नवीकरण र नियमन निकायका अधिकारीलगायत २९ जनाको सहभागिता छ ।

अभिमुखीकरण शुभारम्भ गर्दै सञ्चार सचिव महेन्द्रमान गुरुङले हुलाक कार्यालयको क्षेत्राधिकार बढाउने तयारी भइरहेकाले कार्यालय प्रमुखलाई यस्ता कार्यक्रमले थप सहयोग मिल्ने बताए ।  ब्रोडकास्टीङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले वितरण गरिने रेडिया फ्रिक्वेन्सीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्