Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेलिब्रेटीको लर्को : चलचित्र ‘पर्व’को प्रिमियर

काठमाडौं, जेठ ११: सुवास इन्टरटेन्मेन्ट  र टीभी फिल्मी ले मिलेर बनाएको चलचित्र ‘पर्व’ प्रदर्शनको पुर्व संध्यामा राजधानीमा भब्य प्रिमिएर गरिएको छ । बुधबार कमल पोखरी स्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा कलाकार, पत्रकार तथा सर्वसाधारणको भिड लागेको थियो । चलचित्र हेर्ने प्रायले चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र निकिता पौडेल र सुवास गिरीले मिलेर बनाएका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘काले दाई काले दाई’ बोलको गीत चर्चामा रहेको कारण पनि चलचित्र ‘पर्व’ले सबैको ध्यान खिच्न सफल भएको हो ।

भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमिएरमा निर्देशक ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, निर्माता छबिराज ओझा, सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा, केकी अधिकारी, अभिनेत्री सौरी मल्ल, मिथिला शर्मा, रिमा बिस्कर्मा, निर्माता सुनिल रावल, बितरक गोपाल कायस्था, गोबिन्द शाही लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्