Logo
१२ बैशाख २०८१, बुधबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाहुबली 2’ ले तोड्यो सबै रेकर्ड: सलमान-अमिरपनि चेत

एजेन्सी, ‘बाहुबली टु’ ले रिलिजपूर्व नै केही रेकर्ड तोडिसकेको थियो । रिलिज भएपछि नै एसएस राजामौलीको फिल्मले एकपछि अर्को गरी बलिउड स्टारका रेकर्ड तोडिरहेको छ । रिलिजको छैटौं दिन प्रभासको फिल्मले आमिर खानको दंगलको पूरा कलेक्सनलाई आफ्नो नाम गरेको थियो ।

‘बाहुबली टु’ ले सबै रेकर्ड तोडेको छ र उक्त फिल्म भारतीय सिनेमाको नम्बर १ ब्लकबस्टर साबित भएको छ । फिल्मको हिन्दी भर्सनले भारतमा पहिलो हप्ताभित्र २ सय ४७ करोड भारुको कलेक्सन गर्यो । बिहिबारसम्म फिल्मको सबै भाषाले ५ सय ३४ करोड भारुको कमाई गरेको छ ।

२८ अप्रिलमा रिलिज भएको उक्त फिल्मले पहिलो हप्तामा बक्स अफिसमा विश्वव्यापी रुपमा ८ सय ६० करोड भारुको कमाई गरेको छ । फिल्मको बजेट २ सय ५० करोडको हो जबकी भारतमा मात्रै फिल्मले पहिलो हप्तामा ५ सय ४५ करोड रुपैयाँको कमाई गरेको छ ।

बाहुबलीले कमाईको सबै रकेर्ड तोड्दै आमिर खानको ‘पिके’ र ‘दंगल’ लाई पछारेको छ । अहिलेसम्म विश्वव्यापी रुपमा सबैभन्दा बढि कमाई गर्ने फिल्म आमिर खानको ‘पिके’ रहेको छ । ‘पिके’ ले ७ सय ९२ करोड भारुको कमाई गरेको थियो ।

फिल्म विश्वव्यापी रुपमा ९ हजार स्क्रिनमा रिलिज भएको थियो । यो फिल्म मूल रुपमा तेलुगूमा बनेको छ र हिन्दीसहित ६ भाषमा रिलिज भएको छ । फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्णन, नासिर र सत्यराज मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्