Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डियर माया’को ट्रेलर लञ्च: मनिषाले सबैलाई चकित पारिन्

एजेन्सी, आफ्नो जमानाको चर्चित अभिनेत्री मनिषा कोइराला चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । उनको बहुप्रतिक्षित फिल्म ‘डियर माया’ को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा मनिषा एक बूढी महिलाको भूमिकामा देखिएकी छिन् जो घरमा एक्लै बस्छिन् । अचानक उनले लभ लेटर पाउन थाल्छिन् र उनलाई प्रेम हुन्छ ।

वास्तवमा स्कूलमा पढ्ने दुई किशोरी मायाको बारेमा जान्न चाहन्छन् । उनीहरु मायाले घरभन्दा बाहिरको दुनियाँ पनि देखोस् भन्ने चाहन्छन् र यसका लागि एक ट्रिक प्रयोग गर्दछन् । ट्रेलरमा देखाइए अनुसार ती दुई किशोरीले मायालाई काल्पनिक प्रेमपत्र लेख्छन् र मायाले ती चिठ्ठीमाथि विश्वास गर्दछन् । मायाको जिन्दगीमा ती प्रेमपत्रले एक नयाँ मोड आउँछ, उनको जीवनमा खुसीको पुर्नवाहली हुन्छ ।

कहानीमा मोड त्यतिबेला आउँछ जब माया घरको सबै सामान बेचेर आफ्ना ती अपरिचित प्रेमीको खोजीमा निस्किन्छिन् । त्यसपछि मायालाई के हुन्छ त्यो प्रश्न ट्रेलरले दर्शकको मनमा उब्जाइदिन्छ । फिल्म आउँदो जून २ तारिखमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: May 6, 2017

प्रतिक्रिया दिनुहोस्