Logo
८ बैशाख २०८१, शनिबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी बितेको थियो ह्वाईट हाउसमा ओबामा छोरीहरुको अन्तिम रात 

एजेन्सी, ह्वाईट हाउससँग अमेरिकाका पूर्व राष्ट्रपति बराक र मिशेल ओबामाका थुप्रै याद जोडिएका छन् । केही समयअघि ओबामाकी श्रीमती मिशेल ओबामाले आफ्नो भाषणमा ह्वाइट हाउससँग जोडिएका आफ्ना अन्तिम समयबारे कुराकानी गरिन् । उनले ह्वाइट हाउसको अन्तिम रातमा उनका दुई छोरीहरुले के गरे भन्ने बारे पनि जानकारी दिइन् ।

स्मरण रहोस्, ओबामा जब अमेरिकाका राष्ट्रपति चुनिएका थिए तब मलिया १० वर्षकी थिइन् र उनकी बहिनी साशा ७ वर्षकी । मिशेलका अनुसार ह्वाइट हाउसमा बितेको अन्तिम रातमा दुई दिदीबहिनीले पिज्जा पार्टी गरेका थिए । मिशेलले भनिन्, ‘त्यस रात मलिया र साशासँगै उनका ८ साथीहरु ह्वाइट हाउसमा उनीहरुसँगै थिए । दुईका लागि ह्वाइट हाउस छोड्नु सजिलो थिएन ।’

मिशेल अमेरिकन इन्स्टिच्युट अफ आर्किटेक्चरमा भाषण दिइरहेकी थिइन् । यतिबेला प्रश्नोत्तर सेशनमा उनले दुबै छोरीहरु रातभरी नसुतेको बताइन् । ‘दुबैले ह्वाइट हाउसमा अन्तिम रात भएकाले पिज्जा पार्टीको माग गरिरहेका थिए,’ उनले बताइन् । मिशेलका अनुसार जब अन्तिम पटक ह्वाइट हाउसको ढोका खुल्यो र ट्रम्प परिवारको स्वागत गरिरहेका थिए, त्यतिबेला आफ्ना दुई छोरीहरु पछाडिको ढोकामा आँसु झार्दै अन्तिम बिदाई गरिरहेका मिशेलले जानकरी दिइन् ।

त्यतिबेला आफू पनि भावुक भएको उनले बताइन् । उनले भनिन्, ‘तर म सम्हालिएँ । मलाई डर थियो कि यदि म रुन थालें भने त्यसको गलत अर्थ निस्कनेछ ।’ ‘मैले आफ्नो आँखामा आँसु आउन दिइनँ । म रोएको भए, ह्वाइट हाउसमा नयाँ परिवारको प्रवेशले म खुसी थिइनँ भन्ने अर्थ लाग्दथ्यो,’ उनले भनिन् ।

ह्वाइट हाउसबाट निस्केपछिको अनुभव सुनाउँदै मिशेलले भविष्यमा राष्ट्रपतिको दाबेदारी बन्न कुनै रुची नभएको बताइन् । ‘साथै म आफ्ना सन्तानलाई पनि यस्ता गर्ने सल्लाह दिन्नँ,’ उनले भनिन् । स्मरण रहोस्, मिशेल आफ्ना श्रीमान् बराक ओबामासँग भर्जिन आइल्याण्डबाट लामो छुट्टी बिताएर फिर्ता भएकी छिन् ।

केही समय अघि लेखक डेविड जे. गैरोले आफ्नो किताब ‘राइजिङ स्टार’ मा मिशेलसँग विवाह हुनुपूर्व ओबामा शिकागोमा बस्ने शैला नामकी एक महिलासँगको प्रेममा भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्