Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्याट्रिना भन्दा कहाँ कम छिन र उनकी बहिनी ईशाबेल

एजेन्सी । अभिनेत्री कट्रिना कैफ करिब एक दशकदेखि बलिउडमा राज गरिरहेकी छन् । उनको उचाई र सुन्दरता पनि कम छैन । उनी दर्शकको दिलमा बस्न सफल भएकी छन् ।

उनी मात्रै होइनन् उनकी बहिनी ईशाबेल कैफ पनि सुन्दरतामा कम छैनन् । ईशाबेल क्याट्रिनाजस्तै सुन्दरी र स्टाइलिस छन् । बलिवुडमा ईशाबेल डेब्यु हुने कुरा लामो समयदेखि चलिरहेको भएपनि अहिलेसम्म त्यो सफल हुन सकिरहेको छैन ।

तर, उनले आफ्नो डेब्यू २०१४ मा फिल्म डा. क्याबीबाट गरिसकेकी छन् ।

जुन फिल्मको प्रोड्यूसरमध्ये एक सलमान खान पनि थिए । ३१ वर्षीय ईशाबेल १४ वर्षको उमेरदेखि नै मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको व्यक्तिगत स्टाइल सेक्सी र ग्ल्यामर हो ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्