Logo
११ बैशाख २०८१, मंगलबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नीको सनसनी मच्चाएको विज्ञापन: महिलालाई टिभी हेर्न आपत !

एजेन्सी , भारतीय अभिनेत्री सनी लियोनले खेलेको कण्डमको विज्ञापनका कारण भारतमा सनसनी मच्चिएको छ । भारतीय नेताहरुले चर्को विरोध गर्दै प्रशारण नै रोक्नुपर्ने माग समेत गरेका छन् ।

रिपब्लिकन पार्टी अफ इन्डिया (आरपीआइ) की महिला विभागकी सचिव शीला गांगुर्देले विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुने बताइन् ।

विज्ञापनमा साह्रै फोहारी दृश्य रहेको भन्दै उनले घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको बताइन् । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हेर्न समेत अप्ठेरो बनाइदिएको उनको भनाइ छ ।

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन  ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्