Logo
७ बैशाख २०८१, शुक्रबार
(April 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा ३३ अंकको उच्च बृद्धि, एक अर्ब ९० करोडको कारोवार (तालिका–सहित)

काठमाडौं, २९ चैत । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से ३३ दसमलव ९८ अंकले बढेर १७ सय १० दसमलव २० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि सात दसमलव ४१ अंकले बढेर तीन सय ७१ दसमलव आठ अंकमा कायम रहेको छ ।

कुुल एक सय ४४ कम्पनीहरुको ११ हजार तीन सय १६ वटा कारोवारमा ३१ लाख चार हजार ३६ कित्ता सेयर खरिद बिक्री भएकोमा एक अर्ब ९० करोड ७४ लाख तीन हजार तीन सय ८९ रुपेयाँको कारोवार भएको छ ।

आज आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैक समुहको सुचक ३७ दसमलव ४२ अंकले बढेर १६ सय तीन दसमलव ६९ अंकमा कायम रहेकोमा ७१ करोड ९६ लाख ९१ हजार रुपैयाँको कारोवार भएको छ ।

बीमा समुहको सुचक एक सय तीन दसमलव ३१ अंकले बढेर आठ हजार नौ सय ४६ दसमलव ७९ अंकमा कायम रहेकोमा ५४ करोड ४८ लाख ८४ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुुचक ५५ दसमलव नौ अंकले  बढेर १९ सय ४५ दसमलव ७२ अंकमा कायम रहेकोमा ४७ करोड ५४ लाख २२ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज १४ दसमलव ७७ अंकले बढेर दुुई हजार ६२ दसमलव ५३ अंकमा कायम रहेकोमा चार करोड ९४ लाख १३ हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा अपी पावर कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज एनसीसी बैक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
अपी पावर कम्पनी      ६१६ १०
लक्ष्मी लघुबित्त बित्तीय संंस्था     १७८२ १०
आईएलएफसिओ माईक्रो फाईनान्स    ११७८ ९.९९
तिनाउ बिकास बैंक      ५०७ ९.९८
शुुर्या लाईफ इन्स्योरेन्स      १२८० ९.९७

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
खानीखोला हाईड्रो पावर कम्पनी   २२९   ३.७८
सेती फाईनान्स       २२५  ३.४३
३  प्र्रोग्रेसिभ फाईनान्स       १७० ३.४०
बुुटवल पावर कम्पनी    ६७७    ३.१४
५  सिन्धुु बिकास बैंक       ३७२ २.८७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एनसीसी बैंक      ९०५४८६२९ ४५२
मुक्तिनाथ बिकास बैंक     ८८०८९४९९ १०६५
गुुराँस लाईफ इन्स्योरेन्स कम्पनी   ८०८०३७७४ १२९९
प्रभुुु बैंक      ८०००५८४३ ४३०
५  गरिमा बिकास बैंक     ७७८०१३२४ ५००

प्रकाशित मिति: Apr 11, 2017

प्रतिक्रिया दिनुहोस्