Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ध्यान मग्न भइन अभिनेत्री केकी

काठमाडौं । गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो आएको छ । बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय देख्न सकिन्छ ।

केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिका समेत निर्बाह गरेकी छन् । काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धा, आध्यात्मिक तथा सामाजिक अवतारमा देखिएकी छन् ।

अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाईसमन अधिकारीले निर्देशन गरेका हुन् । दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायाँकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्