Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्ममा नजमेपछि बसपार्कमा थालिन् अर्चना पनेरुले नयाँ धन्दा

काठमाडौं , १५ फागुन ।  अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अभिनेत्री अर्चना पनेरुले पनि रेष्टुरेन्ट ब्यवसाय थालेकी छन् ।

उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी हुन् । केही युवासँगको सहकार्यमा उनले सो रेष्टुरेन्ट ब्यवसाय थालेको बुझिएको छ । केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् ।

रातोपाटी डटकममा यो समाचार प्रकासित भएको छ समाचारमा भनिएअनुसार फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् । सिक्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए ।

केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् । सो बार छोडेर उनले आफ्नै रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् ।

रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ । पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् ।

नग्न तस्बिर सार्वजनिक भएपछि मिडियाका लागि हटकेक भएकी उनलाई प्रहरीले अश्लिलता फैलाएको आरोपमा कयौपटक उनलाई पक्राउ समेत गर्यो । अश्लिलता फैल्याएको आरोपका कारण गाउँ नै छोड्न बाध्य काठमाडौं छिरेकी उनी केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । चलचित्र अभिनयमा भरपुर हट दृश्य दिदा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् ।

प्रकाशित मिति: Feb 27, 2017

प्रतिक्रिया दिनुहोस्