Logo
८ बैशाख २०८१, शनिबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुटु रोगी बाल कलाकार सुजनको बेजोड अभिनय

काठमाडौं । चर्चित गायक सर्जक मोडेल र आफैमा निर्देशक र गायिका दुर्पती मुस्कानको जेठो छोरा सुजन रोगी चक्र सुनार को पहिलो गीति एल्बम मिलन हुदा र रुपेश बि.सि.को “भन्छौ सानू के छ खबर” म्युजिक भिडियोमा बेजोड अभिनय गर्नु भएको छ ।

सुजन जन्मै मुटुको समस्या देखा परेको र ५ बर्ष हुदा काठमाडौंको मुटु हस्पिटल गगालाल हृदय केन्द्र बासबारीमा अप्रेसन सफल भएको थियो । बाल कलाकार सुजन रोगी हाल १० बर्ष को हुनु भयो ।

२ वटा म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । जन्मै रोगी भएकोले सुजनले पढ्न लेख्न पनि खासै आउदैन । अहिले पनि सुजन औषधिकै भरमा आफ्नो जीवन बिताइरहेको हुनुहुन्छ ।

सुजनको एउटा अप्रेसन ५ बर्ष हुदा सफल भए पनि अहिले फेरि सुजनलाई समस्या बढेकोले काठमाडौंकै मनमोहन हस्पिटलमा उपचार हुदैछ । मनमोहनमा डाक्टर भगवान कोइरालाले सुजनको अप्रेसन गर्न सकिन्छ कि सकिदैन भनेर चेक गर्दै हुनुहुन्छ।

डाक्टर कोइरालाको भनाइ अनुसार सुजनको मुटुमा ३/३ वटा समस्या छ। त्येसैले औषधिले काम गर्दै गयो भने बल्ल अप्रेसन गर्न सकिने र अप्रेसन सफल हुने भन्नु हुन्छ । बाल कलाकार सुजन रोगीको उपचारको लागी विभिन्न ठाँउ अनि कलबहरुले पनि सहयोग गरिरहनु भएको छ ।

हामी पनि बाल कलाकार सुजन रोगीलाई साथ सहयोग गरौ, मुटु जस्तो संबेदनसिल अंग अनि जन्म नै रोगी भएर पनि यति राम्रो अभिनय गर्नु भएको छ । सुजनलाई सबैले आशिर्वाद दिउ कामना गरौ । सफल अप्रेसन होस ।

सुजन लाई सहयोग गर्ने हजुरहरुको ती सहयोगी मन मुटुलाई धन्यवाद दिन चाहन्छौ । हजुरहरु पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने होम बहादुर सुनार एकाउन्ट नम्बर (04800501205446) अथवा मोबाइल नम्बर 9813888792 मा गर्नु होला ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्