Logo
११ बैशाख २०८१, मंगलबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित अभिनेत्री  रेखा थापा पनि चुनाबी मैदानमा

काठमाडौं, ६ फागुन । केहि दिनयता अभिनेत्री रेखा थापा निकै ब्यस्त बनेकी छन् । नेपाली चलचित्रकी सर्वाधिक चर्चित एबं लोकप्रिय अभिनेत्री रेखा चुनाबी चटारोले ब्यस्त बनेकी हुन् । मंसिरमा माओवादी केन्द्र छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी रेखा पार्टीका आजबाट जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि चुनावको मैदानमा उत्रिएकी छन् ।

अभिनय मार्फत थुप्रै हिट चलचित्र दिएर दर्शकलाई आफ्नो फ्यान बनाएकी रेखा अब राजनीति मार्फत फयानको तिर्खा मेट्न चाहन्छिन् ।
रेखा थापाको राप्रपा प्रवेशले पार्टीभित्र तरङ्ग ल्याइरहेको समयमा उनको केन्द्रीय सदस्य पदको उम्मेदवारी चर्चाको बिषय बनेको छ । पार्टी अध्यक्ष कमल थापाको ठाडो निर्देशबाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा महाधिवेसनमा अभिनेत्री भन्दा पनि नेतृ झै देखिएकी छन् ।

सधै छोटा र हट पहिरनमा देखिने रेखा राप्रपाको भृकुटीमण्डपमा जारी महाधिवेसनमा भने सारीमा सजिएर देखा परेकी छन् । महाधिवेसनमा सरिक रेखाका केही तस्बिर । जुन तस्बिर उनले आफ्नै फेसबुकबाट शेयर गरेकी हुन् ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्