Logo
१५ चैत्र २०८०, बिहीबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीन्दगीभर सञ्जयदत्तसँग काम नगर्ने नाना पाटेकरको उद्घोष

एजेन्सी, मुम्बई। वलिउडका दुई चर्चित अनि सफल कलाकार हुन्, नाना पाटेकर र सञ्जयदत्त । रिलिजको फिल्म होस् या अन्य समय हरेक टाईम यी कलाकार लाईमलाईटमा हुन्छन, मिडियामा पनि उत्तिकै स्थान ओगट्छन् ।

तर दर्जनौं फिल्म गरिसकेका दुबै स्टार आजसम्म कहिल्यै एकसाथ पर्दामा आएका छैनन् । र नाना पाटेकरको तर्क सुन्दैगर्दा दर्शकले भविष्यमा पनि यी दुई स्टरलाई सँगै देख्न पाउनेछैनन् ।

‘जनवरी १ मा ६६ बर्ष पुरा भएका नाना पाटेकरले १९९३ को ‘ब्लास्ट केस’मा मुछिएर जेल समेत पुगेका सञ्जयदत्तको उक्त घटना कहिल्यै बिर्सिँदैनन् रे !

‘पाटेकरले भनेका छन्, ‘त्यो घटनाले धेरैलाई पुर्याएको चोट म कहिल्यै बिर्सिँदैन्, त्यसैले आजको उमेरसम्म पनि उनिसँग काम गर्न परेन, अब पनि गर्नेछैन् ।’

पाटेकरले अर्को पनि रहस्य खोलेका छन्, कि त्यो समय उनले आफ्ना भाईलाई समेत गुमाएका थिए । यो सबै घटनाको जिम्मेबार सञ्जय भन्दै आफुले सञ्जयसँग काम गर्ने निर्णय एक भन्दा पनि उक्त घटनामा निधन भएका सबैको पक्षमा लिएको बोलेका छन् ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्