Logo
११ बैशाख २०८१, मंगलबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चामा तिर्सना : आफ्नै निर्देशनमा ल्याईन ‘म हुँ नेपालकी छोरी’

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा चर्चित मोडेल तिर्सना बुढाथोकीले आफ्नै गायन, अभिनय र निर्देशनमा म हुँ नेपाल कि छोरी बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

हट मोडलका रुपमा आफ्नो परिचय बनाउन सफल तिर्सनाको कलाकारिता क्षेत्रमा एउटा भिन्न यात्रा लिएर अधि बढी रहेकी छन् भने त्यति मात्रैमा सिमित नरही गायन र निर्देशनसम्म पुगिसकेकि छिन् ।

जस्तोसुकै पहिरनमा पनि अब्बल देखिने तिर्सनाको यात्रा अभिनयसंगै गायन र निर्देशनतर्फ राम्रैसँग मोडिएको छ भन्दा फरक नपर्ला ।

अभिनयमा जस्तै गायन र निर्देशनमा पनि उत्तिकै सफल बन्ने चाहाना छ उनले न्यूज अभियानलाई बताईन् । हालै तिर्सनाले एक उत्कृष्ट राष्ट्रिय गीत आफनो अफिसिय युट्युब च्यानल मार्फत ‘म हुँ नेपालकी छोरी’ बोलको गीत स्वर्वाजनिक गरेर बजारमा ल्याएकी छिन् ।

कुराकानीको क्रममा दुई सयभन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु र गत तीजदेखि गीत गाउन सुरु गरेकी हुँ, तिर्सनाले न्यूज अप्रेशनलाई भनिन् । ‘म हुँ नेपालकी छोरी’ बोलको गीत आफ्नै प्रोडक्शन हाउस ‘तिर्सना सिने प्रोडक्शन हाउस’ ले निर्माण गरेको तथा तिर्सनाले नै निर्देशन गरेका हुन् ।

उक्त गीतका शब्द गोबिन्दप्रसाद उपाध्यायका हुन् भने संगीत बिक्रम थापाले भरेका छन् । मायाँ, प्रेम र उत्तेजक गीतहरुमा मोडल बनेर चर्चामा आएकी तिर्सना आफैंले गाएका गीत भने सांस्कृतिक, धार्मिक, राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ ।

‘पेसेवर कलाकार भएकाले जस्तो गीतमा पनि मोडलिङ गर्नुपर्ने हुँदा मेरो छवि त्यस्तो बन्न गयो, तर म आफैंले गाउँने गीत र निर्माण गर्ने म्युजिक भिडियो भने उत्तेजक नभएर सन्देशमूलक छन्,र हुनेछन्’ न्यूज अप्रेशनलाई एक भेटमा भनिन् ।

हिजो बजारमा आएको नयाँ गीतमा पनि हिमाल, पहाड, तराई जोड्न लागेकी नेपाली छोरीको भावना ल्याएकी छु ।’ तपाई दर्शक स्रोताको माया, साथ, हौसला, पाएर नै आज म यो स्थानमा छु र अझै परिस्कृत गरेर अघि बढ्ने छु दर्शक स्रोताको अमुल्य सुझाबको खाचो छ र अझै केहि गरेर अघि बढ्दै समाज र देशको लागि कलाकारिता क्षेत्रबाट आफुले सकेको, जानेको सिप समर्पित गर्ने छु, तिर्सनाले न्यूज अप्रेशनलाई भनिन् ।

म हुँ नेपालकी छोरी बोलको गीतमा तिर्सनासँग सुस्मिता गुरुङ नाचेकी छिन् ।

हेर्नुस उक्त गीतको भिडियो !

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्