Logo
१५ चैत्र २०८०, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोहलीले भने-हामीले इन्गेजमेन्ट गर्न लागेका होइनौ

एजेन्सी, नयाँ दिल्ली । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माबीच नयाँ वर्षमा हुने भनिएको इनगेजमेन्ट हल्ला मात्र भएको बताइएको छ। मिडियामा लगातार आएको यस्तो खबर खण्डन गर्दै क्रिकेटर विराट कोहलीले यो खबर हल्ला मात्र भएको बताएका छन्।
समाजिक सञ्जाल ट्विटरमार्फत विराट कोहलीले एक पछि एक गर्दै यो इन्गेजमेन्टको कुरा हल्ला मात्र भएको दाबी गरेका हुन्।
बिहिबार अधिकांश भारतीय मिडियाहरूले टेस्ट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा नयाँ वर्षमा इन्गेजमेन्ट गर्नेबारे समाचार प्रकाशन गरेका थिए। यद्यपी अभिनेत्री अनुष्काले इन्गेजमेन्टबारे आफूहरूलाई थाहा नभएको भन्दै आफूहरू छुट्टी मनाउन उत्तराखण्ड गएको बताएकी थिइन्।

विराट कोहलीले ट्विट गरेका छन्-‘हामीले कुनै इन्गेजमेन्ट गर्न लागेका होइनौ। यदि गर्ने नै भयौ भने हामी कसैलाई लुकाउँदैनौ।’  विराटले यो ट्वीटको दोस्रो भागमा मिडियाहरूमा गलत समाचार आएको भन्दै भ्रम हटाउन खोजेको बताएका छन्।  विराट कोहलीले ट्वीट गरेको केही समयमै अनुष्का शर्माले रीट्वीट गर्दै कोहलीको समर्थन गरेकी छन्।

विराटलाई सुरुवातदेखि नै मन पराउने अनुष्काले भारतीय टेष्ट कप्तानसँगको रिलेसनसिपलाई कहिले पनि नकारेकी थिइनन्। कोहलीलाई समर्थन गर्न अनुष्का वान डे वर्ल्ड कप हुँदा हौसला दिन अष्ट्रेलियासम्म पुगेका थिइन् भने आइपिएलमा पनि रोयल च्यालेन्जर्स बैंगलोरको खेल हुँदा अनुष्का मैदानमै पुग्थिन्।

अनुष्का शर्मा र विराट कोहली सन् २०१३ देखि एक अर्काबीच रिलेसनसिपमा थिए। सन् २०१५ सालमा उनीहरुबीचको रोमान्स सार्वजनिक भएको थियो। त्यतीखेर विराट र अनुष्काको एउटा तस्वीरले बिहेसम्मको हल्ला फिँजिएको थियो। यो फोटोमा दुबै जना एक पण्डितसँग थिए। यसै खरबलाई केही भारतीय अनलाइनहरूले समाचार बनाएका थिए।

केही वेबसाइट्समा त विराट र अनुष्काको इनगेजमेन्टमा बलिउड हस्ती अमिताभ बच्चन, उनकी पत्नी जयाका साथै विश्वकै धनाढ्य सूचीमा रहेको अनिल अम्बानी पनि सामेल हुने बताएका थिए।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्