Logo
८ बैशाख २०८१, शनिबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नस्लभेदको शिकार भइन्  प्रियंका चोपडा ! 

भारतीय अभिनेत्री प्रियंका चोपडाले आफू अमेरिकामा नस्लभेदको शिकार हुनुपरेको भारतको एक टेलिभिजन कार्यक्रम कफी विथ करणलाई दिएको अन्तर्वार्तामा बताएको एनडीटीभीले जनाएको छ ।

तर नस्लभेदको शिकार स्टूडियोमा नभएर एयरपोर्टमा भएको बताएकी हुन् । बताइएअनुसार प्रथम श्रेणी यात्रुसँग लाउन्जमा बसेको बेला एक ग्राउन्ड स्टाफले उनीमाथि नराम्रो व्यवहार गरेको र रुखो स्वरमा बोलका थिए । तर जब प्रियंकाले आफु प्रथम श्रेणीको यात्रु भएको बताएपछि ती स्टाफले माफी मागेका थिए ।

प्रियंकाले यसअघि अमेरिकामा अध्ययन गर्ने क्रममा पनि त्यस्तो नश्लभेदी व्यवहार भोगेको बताएकी थिइन् । तर यस्तो नश्लभेदी ब्यवहार भोग्ने उनी एकमात्र बलिउड स्टार होइनन् । यसभन्दा अघि धेरै बलिउड स्टारहरुले अमेरिकामा यस्तो व्यवहार भोगिसकेको समाचारमा जनाइएको छ । एजेन्सी ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्