Logo
१२ बैशाख २०८१, बुधबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीले अधिकार मागेको हो,अलग देश होइन 

काठमाडौं, २८ मंसिर । नेपाली राजनीतिमा शान्तछवि बनाउनु भएका तराई मधेश लोकतान्नत्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बर्षाै देखि मधेशी जनतालाई भारतीय जनता देख्नेहरुलाई प्रश्न गर्दै सोध्नु भएको छ, तपाईहरु सोच्नु भएको छ मधेशी जनताको मन कति दुखेको छ ? एक टिभीको कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले निकै शान्त र तार्किक रुपमा मधेशले उठाएको माग बारेमा बताउनु भएको छ ।

उहाँले नेकपा एमाले अध्यक्ष र सो पार्टीका नेताहरुले देशको विखण्डनको विऊ रोपेको आरोप समेत लगाउनु भयो । हामी कसरी विखण्डनकारी भयौं ? उहाँहरु सगर्व भन्नु हुन्छ, हामी गढ्वास, आसाम, कहाँ कहाँ बाट आएको हुँ, खै हामी त यही को हौं भन्दा पनि हामीलाई भारतीय देख्ने ? लिने र दिने बेलामा भारत पुगेर जस्तो सुकै सहमती सम्झतौ गर्ने अनि मधेशी जनतालाई भारतीय मनेर अपमानित गर्ने जस्ता लगायतका सटिक उत्तर दिनु भएको थियो ।

नागरिकता, भाषा, सिमाकंन र मधेशीको साँस्कृतिक मागको बारेमा स्पष्ट पार्नु भएको थियो । उहाँले कार्यक्रम सन्चालकलाई प्रति प्रश्न गर्दै सोध्नु भयो, चुनावको बेला सकि नसकी मधेशको भुमिमा बोल्ने भाषामा मत माग्ने अनि चुनाव जिते पछि त्यो भाषाको सम्मान गर्नु पर्दैन ? उहाँले मधेशको दुर दराजको गाँउमा अझै पनि नेपाली भाषा बुझन नसकेको दाबी गर्दै मधेशको गाँउ घरमा सम्पर्क भाषाको रुपमा हिन्दी भाषा नै प्रयोग हुने गरेको बताउनु भयो ।

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्