Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाएपछि युलियालाई प्रश्नको ओइरो

yuliaएजेन्सी ।  सलमान खानकी कथित प्रेमिका युलिया भन्तुरले उनीसँगको सम्बन्ध बारे मुख खोल्दै आफूहरु निकै राम्रो साथी भएको बताएकी छिन् । भारतमा रहेकी रोमानियाकी सुन्दरीले हिमेश रेसमियाको नयाँ म्यूजिक एल्बम ‘आप से मासिकी’ मा आफ्नो स्वर दिएकी छिन् ।

मिडियासँगको अन्तर्वार्तामा युलियाले सलमान खानसँगको सम्बन्ध बारे प्रश्नहरु पन्छाउन सकेनन् । उनले भनिन्, ‘मैले पहिले पनि भनिसकेकी छु कि हामी निकै राम्रा साथी हौं । योभन्दा बढि म के नै भन्न सक्छु र ?’ सलमान र आफ्नो सम्बन्धलाई मिडियाले निकै बढाईचढाई कुरा गरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘कुनै पनि कुरालाई तपाईंहरु निकै ठूलो बनाउनुहुन्छ । म सलमानलाई निकै सम्मान गर्छु । उनकै कारण म भारत आउन सकें र म यो ठाउँलाई निकै माया गर्छु ।’

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्