Logo
१५ चैत्र २०८०, बिहीबार
(September 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत

PM News
काठमाडौं । नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल आइसीसीको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकलम दाहालसँग भेटघाट गरको छ । आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डशनको नेतृत्वमा आएको टोली प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको छ ।

आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डशनको नेतृत्वमा आएको टोली प्रधामन्त्रीसँगको भेटपछि नेपालमा क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको छ। उक्त भेटमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद राखेपामा सदस्य सचिव केशब विष्ट पनि सहभागी भएका थिए ।

उनले यस बोर्ड गठनको कार्यविधि तथा प्रवधान तयार पार्नका लागि ५ देखि ७ सदस्यीय सल्लाहाकार कमिटी गठन गरिने बताए। उनले उक्त क्रिक्रेट विकास बोर्डले तीन महिनामा निर्वाचन गराउने पनि जनाए। उक्त बोर्ड गठनपछि अहिले भएका सबै समितहरु स्वतः भगं हुनेछन् । भेटमा सहभागी युवा तथा खेलकुदमन्त्री श्रीपालीले आइसीसी नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको बताए । उनले क्रिक्रेट विकास बोर्ड गठनका लागि छिट्टै सल्लाहकार समित गठन गरिन लागेको पनि बताए ।

उनले भने, ‘भेटमा हामीले क्रिक्रेट एसोशिएसनको सट्टा क्रिक्रेट विकास बोर्ड गठनका लागि प्रस्ताव गरेका थियौं जसमा आइसीसी सहमत भएको छ।’ आइसीसीले लगातार विवादित बनेको र आर्थिक अनियमितता भएको भन्दै चार महिना पहिले नेपाल क्रिक्रेट संघ क्यानलाई निलम्बन गरेको थियो । #तस्बिर साैजन्य: प्रधानमन्त्रीकाे सचिवालय।

प्रकाशित मिति: Sep 4, 2016

प्रतिक्रिया दिनुहोस्