Logo
७ बैशाख २०८१, शुक्रबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिसिलिन्डर ग्यासको मूल्य ५० रुपैयाँ घट्यो 

Gyash News

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ । केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो ।

१ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो। अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ ।

मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले बिहीबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्